बालपोषण भत्ता मासिक रु. १,००० पुर्‍याइने: कुपोषण न्यूनीकरणमा सरकारको ठूलो कदम

काठमाडौं, असार २२ । बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन र कुपोषण न्यूनीकरण गर्न सरकारले बालपोषण भत्तामा उल्लेखनीय वृद्धि गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षदेखि यो भत्ता मासिक रु. १,००० पुर्‍याइनेछ।

हाल मानव विकास सूचकाङ्कमा पछाडि परेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकाले मासिक रु. ५३२ बालपोषण भत्ता पाउँदै आएका छन्।

भत्ता रकममा गरिएको यस वृद्धिले बालबालिकाको पोषण स्थिति सुधार्न, कुपोषण घटाउन, बालअधिकारको संरक्षण गर्न र बालमैत्री सामाजिक सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, मातृ–शिशु स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेका छन्। आगामी दिनमा यी कार्यक्रमहरूलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक सहकार्य गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा सञ्चालित महिला तथा बालबालिका लक्षित यी सामाजिक संरक्षण कार्यक्रमहरूले मातृ–शिशु स्वास्थ्य, बालपोषण र बालकल्याण प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको