रौतहटमा एक युवाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका

रौतहट, असार ३१ । रौतहटमा एक युवाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

उनको घाँटीदेखि तल करिब ३१ दशमलव ५ प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ। उनको  प्रारम्भिक उपचार बेटर नेपाल अस्पताल, गरुडामा गरिएको प्रहरीले जनाएको छ।

अवस्था मध्यम रहेकाले उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

52Shares
facebook sharing button
twitter sharing button

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको