उद्योग वाणिज्य सङ्घ नवलपुरको चौथो अधिवेशन श्रावण ९ मा, यस्तो छ निर्वाचन कार्यतालिका

गैँडाकोट, श्रावण ४ गते। उद्योग वाणिज्य सङ्घ-नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को चौथो अधिवेशन यही श्रावण ९ गते शुक्रबार गैँडाकोटस्थित होटल इलामा हुने भएको छ। तथापि सातौँ साधारण सभा तथा अधिवेशन उद्घाटन भने श्रावण ८ गते रहेको छ ।

अधिवेशन नजिकिएसँगै निकै चासोका रूपमा हेरिएको सङ्घको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि निर्वाचन समितिले औपचारिक कार्यतालिका समेत सार्वजनिक गरेको छ।
निर्वाचन समितिका संयोजक जनकराज ढुङ्गानाद्वारा हस्ताक्षरित सूचना अनुसार निर्वाचन सम्बन्धी प्रमुख कार्यक्रमहरू प्रारम्भिक मतदाता नामावली प्रकाशन: श्रावण ५ गते सोमबार बिहान १० बजे (जिल्ला उद्योग वाणिज्य सङ्घ, गैँडाकोटको सूचना पाटीमा)। उम्मेदवारी मनोनयन दर्ता: श्रावण ५ गते सोमबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म (सङ्घको सचिवालयमा)। उम्मेदवारी फिर्ता: श्रावण ६ गते मङ्गलबार अपराह्न १ बजेदेखि ४ बजेसम्म। उम्मेदवारको अन्तिम नामावली प्रकाशन: श्रावण ७ गते बिहीबार अपराह्न ४:३० बजे।

मतदान कार्यक्रम: श्रावण ९ गते शुक्रबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म। निर्वाचन समितिका अनुसार मतदान हुने स्थान भने हालसम्म तय भइसकेको छैन र शीघ्र जानकारी गराइने साथै मतदान सम्पन्न भएपश्चात् मतगणना गरी सोही क्रममा निर्वाचन परिणाम घोषणा तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिने कार्यतालिकामा उल्लेख छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको