नेकपा गैंडाकोट नगर समिति पुनर्गठन: प्रकाश अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय कमिटी चयन

गैंडाकोट, १२ श्रावण । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश गैंडाकोट नगर समितिको आयोजनामा एकता बैठक तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रमले प्रकाश अधिकारीको सर्वसम्मत संयोजकत्वमा १०१ सदस्यीय नगर समिति गठन गरेको छ। नवनिर्मित समितिमा दुई जना सहसंयोजक रहने व्यवस्था गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मित्रशरण शर्मा ‘बिहानी’ ले पार्टी एकता, सङ्गठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मन्तव्य व्यक्त गरेका थिए। मन्तव्यका क्रममा उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउनुपर्नेमा जोड दिँदै “अहिलेको आवश्यकता भनेकै कम्युनिस्ट आन्दोलनलाई एकीकृत र बलियो बनाउनु हो। नवगठित नगर समितिले जनजीविकाका सवाल, सामाजिक न्याय र स्थानीय विकासमा नेतृत्वदायी भूमिका खेल्दै गैंडाकोटका जनताको विश्वास जित्नेछ भन्ने अपेक्षा लिएको मन्तव्यमा बताए। विशेष प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरू धनप्रसाद सापकोटा ‘ब्रेन’, कृष्णप्रसाद शर्मा ‘परिवर्तन’, टीकाराम पौडेल र प्रजनबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए थिए । कार्यक्रममा सहिद परिवार, घाइते तथा पूर्व जनमुक्ति सेनाका तर्फबाट कृष्णप्रसाद भट्टराई ‘सागर’, प्रदेश सदस्यहरू, सल्लाहकारहरू, जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, युवा नेता सुदर्शनप्रसाद खरेल, वाइसीएल जिल्ला इन्चार्ज नारायण पौडेल लगायत बुद्धिजीवी, मजदुर र महिला वर्गको व्यापक उपस्थिति रहेको थियो।

नवगठित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै सम्पन्न गरिएको सो कार्यक्रमको सहजीकरण बाबुराम पराजुलीले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको