मुकुन्दसेन बहुमुखी कलेजको क्याम्पस प्रमुखमा ईश्वरीप्रसाद चापागाईं नियुक्त

गैँडाकोट, श्रावण १८ । नवलपुरको गैँडाकोट-१२ स्थित मुकुन्दसेन बहुमुखी कलेजको क्याम्पस प्रमुख पदमा ईश्वरीप्रसाद चापागाईं नियुक्त भएका छन्। कलेज सञ्चालक समितिले उनलाई कलेज प्रमुखको पूर्ण जिम्मेवारी प्रदान गरेको हो।

लामो समयदेखि शैक्षिक प्रशासन, व्यवस्थापन र अध्यापनमा सक्रिय चापागाईंले २०६७ सालदेखि सोही कलेजमा शिक्षण कार्य सुरु गर्नुभएको थियो। यसअघि उहाँ २०७६ सालदेखि सहायक क्याम्पस प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। शिक्षा र सञ्चार क्षेत्रको लामो अनुभव चापागाईंसँग शिक्षाका साथै सञ्चार क्षेत्रको समेत लामो अनुभव छ। यसका साथै उनले एसपीएम कलेजलगायत अन्य शैक्षिक संस्थाहरूमा समेत नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका थिए।

 

 

नयाँ क्याम्पस प्रमुखको नियुक्तिसँगै कलेजको शैक्षिक गुणस्तर, अनुसन्धान, विद्यार्थी-केन्द्रित कार्यक्रम तथा संस्थागत विकासले थप गति लिने विश्वास कलेज परिवारले व्यक्त गरेको छ। चापागाईंको नेतृत्वले कलेजलाई शैक्षिक उत्कृष्टता, सुशासन र नवप्रवर्तनतर्फ अगाडि बढाउने अपेक्षा गरिएको छ। गैँडाकोट-१२ मा अवस्थित मुकुन्दसेन बहुमुखी कलेज नवलपुर जिल्लाकै प्रतिष्ठित सामुदायिक उच्च शैक्षिक संस्थाहरूमध्ये एक हो। कलेजले विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्रलगायतका विभिन्न सङ्कायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको