नारायणी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालय र आयोगको आग्रह

गैंडाकोट, श्रावण २१। गण्डकी प्रदेशका विभिन्न नदीहरूमा जलसतह तीव्र रूपमा बढिरहेको भन्दै नारायणी नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

जल ऊर्जा आयोगको सचिवालयका अनुसार त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी र काली गण्डकी लगायतका प्रमुख नदीहरूमा बाढीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ।

मौसम पूर्वानुमान अनुसार गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आज साँझसम्म थप भारी वर्षा हुने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचो भू-भागका बासिन्दालाई जोखिमबाट बच्न पूर्वसावधानी अपनाउन सूचित गरिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको