सहमतिले मध्यविन्दु अस्पताललाई हस्तान्तरण गऱ्यो शव व्यवस्थापन सामग्री

कावासोती, भाद्र १६ । गैंडाकोटमा रहेको सहमति संस्थाको समन्वय र वन हर्ट वर्ल्ड वाइड संस्थाको सहयोगमा शव व्यवस्थापनमा आवश्यक पर्ने अत्यावश्यक चिकित्सकीय सामग्रीहरु नवलपुरको डण्डामा रहेको मध्यबिन्दु प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ।

 

उक्त सामग्रीहरु मंगलबार बिहान मध्यबिन्दु अस्पतालमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो। सहमति संस्थाका अध्यक्ष बुद्धिराम कुमालले अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेलाई ती चिकित्सकीय सामग्री हस्तान्तरण गरेका हुन्। जसमा सब व्यवस्थापनमा प्रयोग हुने डिस्पोजेबल सर्जिकल गाउन, हेडक्याप, विभिन्न साइजका सिरिन्जहरू, ग्लब्स, फेस माक्स, जिपलक, डेड बडी ब्याग, पिपिई, पोलिलिथिन ब्याग, एयर फ्रेसनर, ओआरएस, सेनिटाइजर, सोडियम हाइपो च्याओराइट सोलुशन, ब्ल्याक फेनोल, व्हाइट फेनोल र लिक्विड ह्यान्डवास लगायतका सामग्रीहरू रहेका छन्। सहमतिले अस्पताललाई झन्डै साढे लाख पर्ने सामग्रीहरू हस्तान्तरण गरेको हो। स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै सहमतिका अध्यक्ष बुद्धिरामकुमारले भन्नुभयो :स्वास्थ्य सामग्रीहरु ह्यान्डओभर लिँदै अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले भन्नुभयो :कार्यक्रममा नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धिसागर पोखरेल, नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट मेसु डाक्टर स्मिता न्यौपाने, नर्सिङ प्रमुख शान्ति भण्डारी जिल्ला रेडक्रसका पूर्व सभापति ऋषिराम कँडेल पतञ्जली योगपीठ गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज अधिकारी सहमतिका उपाध्यक्ष बेलप्रसाद पौडेल र सहमतिका पूर्व उपाध्यक्ष नगेन्द्र रिजाल लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य सामग्रीबारे जानकारी दिँदै सहमतिका सल्लाहकार एवं पूर्व अध्यक्ष करुणा सागर सुवेदीले भन्नुभयो शव व्यवस्थापनमा आवश्यक पर्ने चिकित्सकीय सामग्रीको अभावले समस्या भइरहेको अवस्थामा अस्पतालको माग र आशयका आधारमा वन हर्ट र सहमति संस्थाले ती सामग्रीहरू अस्पताललाई प्रदान गरेका हुन्। ६ दिनअघि रसुवाको भोटेकोशीबाट बगेर यहाँ आइपुगेका २ सय ७ वटा शव व्यवस्थापनको काम कावासोती र देवचुलीमा भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको