प्रधानमन्त्री उद्धार कोषमा छहारी टोल र मनकामना आमा समूहद्वारा रु १ लाख १६ हजार सहयोग

गैंडाकोट, भाद्र १७। देशमा आइपरेको विपद्को यस कठिन घडीमा पीडितहरूको राहत तथा उद्धारका लागि गैंडाकोट–२ मा अवस्थित छहारी टोल विकास संस्था तथा मनकामना आमा समूहले संयुक्त रूपमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

 

संस्था र समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,१६,००० (एक लाख सोह्र हजार) रुपैयाँ जम्मा गरेका हुन्। विपद्को समयमा राज्यलाई सहयोग गर्नु नागरिक तथा सामाजिक संघ-संस्थाहरूको कर्तव्य भएको भन्दै सानो सहयोगले पनि पीडितहरूको मलमपट्टीमा राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको