भोटेकोशी बाढीपिडितका लागि गैंडाकोट खानेपानी संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा रु. ५५,५५५ सहयोग

गैंडाकोट, भाद्र २२ । देशमा हालै आएको प्राकृतिक विपद्को यस कठिन घडीमा भोटेकोशी बाढीपिडित नागरिकहरूको राहत तथा उद्धारका लागि गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोटले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

 

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ५५,५५५ (पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग रकम जम्मा गरेको हो।

विपद्का कारण धनजनको क्षति भोगिरहेका भोटेकोशी क्षेत्रका प्रभावितहरूलाई तत्काल राहत र पुनर्स्थापनामा मद्दत पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट सिद्धार्थ बैंकमार्फत उक्त रकमको चेक हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष विपिन भक्त अधिकारीले जानकारी दिए।

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको