एउटै वडाबाट ११ नेता निर्वाचित: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गैंडाकोट-४ को ऐतिहासिक सफलता

गैंडाकोट, असोज १५ । नवलपुर नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न विभिन्न तहका निर्वाचनमा नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ४ ले अभूतपूर्व सांगठनिक सफलता हासिल गरेको छ।

एउटै वडाबाट महाधिवेशन प्रतिनिधिसहित विभिन्न जिम्मेवारीमा ११ जना नेता-कार्यकर्ता निर्वाचित भएपछि यतिबेला गैंडाकोट-४ मा खुसियाली छाएको छ। स्थानियस्तरमा बलियो सांगठनिक पकड र जनविश्वासको परिणामस्वरूप गैंडाकोट-४ ले पार्टीको केन्द्रीय तहसम्म पहुँँच पुर्‍याउने गरी उल्लेख्य प्रतिनिधित्व गराउन सफल भएको हो। वडाबाट निर्वाचित प्रतिनिधिहरूमा महाधिवेशन प्रतिनिधि कमल प्रसाद पराजुली, संगीता काफ्ले घिमिरे, प्रताप कोइराला <span;>गण्डकी प्रदेश प्रतिनिधि, हरि पौडेल, शोम नाथ काफ्ले, गोबिन्द प्र. न्यौपाने प्रतिनिधि सभा क्षेत्र नं. १ समिति, क्षेत्रीय सचिव: तेजप्रसाद घिमिरे, सदस्य: हरि गौतम, सदस्य: कमला सुनार, प्रदेश सभा क्षेत्र नं. १ ‘क’ समिति सभापति: रोशन भक्त अधिकारी,सहसचिव: नारायण घिमिरे,<span;>गैंडाकोट नगर समिति,सचिव: हर्क बहादुर भुजेल
सदस्य: मंजु देबी रेग्मी, सदस्य: दीपक रिमाल, वडाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३ जना, प्रदेश सभापति १ जना, सचिव १ जना, सहसचिव १ जना र सदस्यहरूसहित कुल ११ जना एकैपटक लोकतान्त्रिक प्रक्रियामार्फत चयन हुनुले गैंडाकोट- ४ लाई नवलपुर कांग्रेसको मुख्य सांगठनिक केन्द्रका रूपमा स्थापित गरेको छ। एउटै वडाबाट माथिल्लो तहका निकायहरूमा यो स्तरको ठूलो प्रतिनिधित्व हुनु पार्टी इतिहासमै एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यस सफलताले वडामा पार्टी संगठन थप सुदृढ हुनुका साथै आगामी दिनमा क्षेत्र, प्रदेश र केन्द्रमा स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। नवनिर्वाचित सम्पूर्ण प्रतिनिधि तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै स्थानीय तहका नेता-कार्यकर्ताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको