गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्वारा गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता आयोजना हुने

गैँडाकोट, असोज १९ । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी कात्तिक १७ गते गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतिष्ठानले एक सूचना जारी गर्दै प्रदेशभरिका कवि तथा कवयित्रीहरूबाट समसामयिक विषयमा रचिएका कविताहरू आह्वान गरेको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक स्रष्टाहरूले कात्तिक १० गतेभित्र आफ्ना कविताहरू गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको कार्यालय (जनक परिसर, गैँडाकोट) वा इमेल gppratisthan@gmail.com मार्फत पठाइसक्नुपर्नेछ।
प्रतियोगिताका लागि शब्द सीमा: कविता बढीमा १५० शब्दसम्मको हुनुपर्ने, विधा र विषयवस्तु: गद्य वा पद्य दुवै विधाका कविताहरू स्वीकार गरिने जनाइएको छ । राष्ट्रियताको भावले ओतप्रोत एवं सकारात्मक सन्देश दिने कविताहरूलाई प्राथमिकता दिने उक्त सूचनामा जानकारी गराइएको छ।

 

सङ्कलन भई आएका कविताहरूमध्ये निर्णायक समितिले उत्कृष्ट १० जना कविहरूलाई वाचनका लागि छनोट गर्नेछ।

कम्प्युटर टाइप गरिएका शुद्ध कवितासँगै कविको पूरा नाम र सम्पर्क नम्बर स्पष्ट उल्लेख गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने स्रष्टाहरूका लागि प्रथम पुरस्कार: रु. १५,००० दोस्रो पुरस्कार: रु. ११,००० तेस्रो पुरस्कार: रु. ८,००० रहेको छ । कविता वाचन कार्यक्रममा सहभागी हुने सम्पूर्ण १० जना कविहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको