नवलपुर, असोज २७। नेपाली कांग्रेस नवलपुर जिल्ला सचिव पदका प्रत्यासी खगराज सापकोटाले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग अमूल्य मत र समर्थनको अपिल गरेका छन्
।
आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै सापकोटाले नवलपुर जिल्लाभित्रका वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रका सभापतिहरू, महाधिवेशन प्रतिनिधिहरू र क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सबिनय निवेदन गरेका छन्।
आफ्नो धारणा सार्वजनिक गर्दै नेता सापकोटाले सबै तह र तप्काका साथीहरूको अपनत्व स्वीकार गर्दै उनीहरूको मर्म र भावनाको सही प्रतिनिधित्व गर्ने संकल्प व्यक्त गरेका हुन् । “ममाथि जिल्लाभरका साथीहरूले देखाएको विश्वास र सद्भावप्रति आभारी छु,” भन्दै उनले, “जिल्लाको पार्टी संगठनलाई अझ सुदृढ र समावेशी बनाउनका लागि यहाँहरूको अमूल्य मत र अमूल्य सहयोगको अपेक्षा राखेको छु।”
सापकोटाले कांग्रेस पार्टीभित्रका सबै नेता-कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्ने दृढता व्यक्त गर्दै ‘जय नेपाल’ अभिवादनसहित आगामी नेतृत्व चयन प्रक्रियामा आफूलाई जिताउन सबैमा हार्दिक अनुरोध गरेका हुन ।







