एसपीएम कलेज प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल निर्विरोध निर्वाचित

गैँडाकोट, असोज २९ । गैँडाकोटको पहिलो पब्लिक क्याम्पस सूर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजको प्राध्यापक संघको सभापतिमा प्राध्यापक गोविन्द रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

 

बुधवार कलेजमा सम्पन्न प्राध्यापकहरूको भेलाले रिमालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

निर्वाचन समितिका संयोजक प्राध्यापक शिवजी अधिकारीका अनुसार समितिको उपसभापतिमा महेश्वर पौडेल, सचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा सुकदेव सुबेदी र सह-सचिवमा कमलराज घिमिरे चयन भएका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा शरदचन्द्र खनाल, विद्या पराजुली, भूमिका गैरे, वीरेन्द्र राय र रञ्जना लामिछाने लगायतका प्राध्यापकहरू रहेका छन् । भेलाले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको हो।

निवर्तमान सभापति अर्जुन गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै प्राध्यापक संघको सहकार्यले कलेजको संस्थागत र शैक्षिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गणेश श्रमणले संघको विगतदेखि वर्तमानसम्मको यात्रा र भूमिकाबारे आफ्नो संस्मरण सुनाएका थिए । सचिव मौसमलाल गुप्ताले सहजीकरण गरेको उक्त कार्यक्रममा प्राध्यापक बालकृष्ण थपलिया, अरुण कार्की, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति श्याम बाचेमगरलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा आसन्न बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको