शीर्षक -प्रश्नोत्तर
छ ,छैन माया भन हे कुमारी ?
छ ,प्रेम तिम्रै बनुँला पियारी
छ ,छैन राम्रो स्थलमा पँधेरो ?
छ ,मूल धारो घरनेर मेरो
छ , छैन तिमो मनमा सुभाव ?
छ शुद्ध आत्मा डर त्यो नराख
छ , छैन ठूलो घरमा भकारी ?
छ खान पुग्ने सुन हे ! पियारी
छ, छैन शिक्षा कति छौ पढेको ?
कि छौ नराम्रो लतमा गढेको ?
छु पढ्नमा अब्बल हेर रानी
कुनै नसा लिन्न भलो छ बानी
कतै कसैको भरमा बसेको
कि छौ अघोरीमनको सडेको ?
हुँ सभ्य प्रेमी भवमाझ रानी
म दिन्छु माया दरिलो सिरानी
तिमी सजाऊ सिउँदो पियारा
बनौँ दुवै जूनसमान प्यारा
कुरा मिलेमा बुझिराख भोलि
म बेहुली भैकन चढ्छु डोली
विदुर अधिकारी
चितवन